जब खोलामा धुँदै गरेको बस बाढीले बगायो…

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २७, २०७६

http://www.nepatop.com.np/

दाङ – अविरल वर्षापछि आएको वाढी पहिरो र डुबानका कारण मुलुकभर १९ जनाको मृत्यु भएको छ भने हजारौँ नागरिकहरु प्रभावित भएका छन् । पानी पर्ने क्रम नरोएिकोले थप क्षति हुन सक्ने अनुमान छ ।

मौसमविदले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन् । मुलुकका विभिन्न नदीमा पानीको बहाव बढेको छ ।
यसैबीच दाङमा खोलामा धुँदै गरेका बस बाढीले बगाएको छ ।

एक्कासि आएको बाढीले बस बगाएको छ। खोलामा धुँदै गरेको बसलाई बगाएको प्रहरीले जनाएको छ। चालक र सह चालकको सकुशल उद्दार गरिएको छ।

ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सहचालक निर्मल पुनको सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ ।