कांग्रेसद्वारा बाढी पीडितको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातारको वर्षाबाट उत्पन्न भएको बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरुको राहत र उद्धारमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले २४ घण्टादेखि परेको पानीका कारण मृत्यु भएका तथा धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा लाग्न निर्देशन दिएको हो ।

कांग्रेसले आफ्ना कार्यकर्तालाई सम्बन्धित स्थानीय तह तथा प्रदेश सरकारसँग सहकार्य गरेर सक्रिय हुन आग्रह गरेको छ ।

कांग्रेसले सरकारलाई पपिन राहत तथा उद्धारका कार्यमा तदारुपता दिन आग्रह गरेको छ ।

लगातार भइरहेको वर्षा आइतबारसम्म जारी रहने मौसमविदले बताएका छन् ।