देशभर बर्षा र बाढी, पृथ्वी राजमार्ग बन्द

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – अविरल वर्षाका कारण अबरुद्ध भएको पृथ्वी राजमार्ग स्थित धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाको जवाङ खोलामा पहरोबाट बाढी सडकमा जमेपछि ११ बजेदेखि राजमार्ग अबरुद्ध थियो ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार अहिले एक्जाभेटर लगाएर एक तर्फी बाटो सञ्चालनमा ल्याईएको छ । गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटीले पनि अवरोध हटाउने क्रम जारी रहेको बताए । प्रहरीका अनुसार पानी परिरहेको र हिलो माटो पनि खसिरहेकोले दुईतर्फी सञ्चालनमा आउन कति समय लाग्छ भन्नेबारे यकीन भन्न सकिने अवस्था छैन ।

प्रहरीका अनुसार धादिङकै जुँगेखोलामा पनि अविरल वर्षापछि पहिरोका कारण सडक अबरुद्ध भएको थियो । यहाँ पनि बाटो खुलाउने प्रयास जारी छ ।