गुडिराखेको स्कूल बसमाथि सालको रुख ढलेपछि…

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २७, २०७६

http://www.nepatop.com.np/

कञ्चनपुर– कञ्चनपुरमा गुडिराखेको स्कुल बसमाथि सालको रुख ढल्दा दुई जना घाइते भएका छन् ।

अनिरुद्र बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बसमाथि शुक्रबार दिउँसो रुख ढल्दा दुई जना विद्यार्थी सामान्य घाइते भएका हुन् ।

घाइते हुनेमा कक्षा ७ मा पढ्ने सुशांक जोशी र कक्षा ५ मा पढ्ने प्रशान्त भाट रहेका छन् ।