बाढी पहिरोले आठ जनाको मृत्यु, ५ बेपत्ता

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि आठ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

पहिरोले घर थिच्दा काभ्रेमा दुई जनाको मृत्यु भएको छ । यस्तै भोजपुरमा दुई जना, रामेछापमा एक जना, सिन्धुलीमा एक, ललितपुरमा एक र पर्सामा पनि एक जनाको मृत्यु भएको छ ।

खोटाङमा ३ जना बेपत्ता भएका छन् । बाढीका कारण मोरङ र सुनसरीमा एक एक गरी दुई जना बेपत्ता भएका छन् ।