बीपी प्रतिष्ठानका उपकुलपति ८ लाख घूससहित रंगेहात पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – धरानको बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार घूससहित रंगेहात पक्राउ परेका छन् ।

उनलाई अख्त्यिारको टोलीले ८ लाख घूस सहित निवासबाटै रंगेहात पक्राउ गरेको हो। अख्तियारको टोलीले नियन्त्रणमा लिइसकेको उनीमाथि छानबिन भइरहेको छ ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले प्रा.डा.राजकुमार रौनियारसँगै डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग आठ लाख घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।