साउन २ र १० गते नेपाल बन्दको घोषणा !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – लोक सेवा आयोगको विज्ञापन रद्द गर्न माग राख्दै नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

आरक्षण बचाऔँ अभियानमा आवद्ध विभिन्न संघसंस्थाहरुले साउन २ र १० गते नेपाल बन्दको आव्हान गरेका हुन् । उनीहरुले अहिले लोक सेवाले निकालेको विज्ञापन आरक्षण विरोधी र असंवैधानिक रहेको दाबी गर्दै नेपाल बन्दसहितका चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

जस अन्तगर्त असार २८ गते प्रचार प्रसार गर्ने, २९ गते काठमाडौँसहितका विभिन्न क्षेत्रमा मसाल जुलुस निकाल्ने, ३० गते सिठ्ठी जुलुस, ३१ गते काठमाडौँमा प्रदर्शन र साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

यस अघि लोकसेवाको विज्ञापन संविधान विरोधी रहेको भन्दै परेको रिट सर्वाेच्चले खारेज गरेको थियो ।