सडक किनारमा शक्तिशाली बम विस्फोट हुँदा ६ सर्वसाधारणको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २८, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – सडक किनारमा राखेको बममा एक कार ठोक्किएर भएको बिस्फोटमा अफगानिस्तानमा छ जना सर्वसाधारणको मृत्यु भएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको हो । कान्दाहार प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले बम बिस्फोट घटनाको पुष्टि गरेका छन् ।

आतंककारीहरूले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम आक्रमणमा मारिएका सबै व्यक्ति एकै परिवारका रहेको बताइएको छ ।

कान्दाहार प्रान्तको ठूलो भागमा आत्मघाती र सडक किनारमा बम राख्न सक्रिय रहेका तालिबान लडाकू समूहले भने घटनाबारे प्रतिक्रिया दिएको छैन ।