नरेन्द्र मोदीका मन्त्रीले बल्ल सके प्रारम्भिक काम, जुन १२ तारिखमा डाकियो पहिलो बैठक

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ २५, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक जुन १२ तारिखमा बस्ने भएको छ ।

मोदीले मन्त्रीलाई दिएको प्रारम्भिक काम र अध्ययन पूरा भएपछि बैठक बस्न लागेको हो ।

गत मे ३० तारिखका दिन सपथ ग्रहण गरेका प्रधानमन्त्री मोदीले झण्डै दुई हप्तापछि मात्रै मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएको स्रोतले शुक्रबार जनाएको छ ।

दोस्रो पटक प्रधानमन्त्री बनेका मोदी सपथ ग्रहणको भोलिपल्टै आफ्ना मन्त्रीलाई मन्त्रालयगत जिम्मेवारी तोकेका थिए ।

ती मन्त्रीलाई आगामी पाँच वर्षसम्म आफूले गर्ने प्रमुख कामको प्रारम्भिक योजना बनाउन निर्देशन दिएको हुनाले पनि पहिलो बैठक बस्न ढिला हुन गएको जनाइएको छ ।

पहिलो बैठकमा मोदी सरकारले पाँच वर्षे कार्यकालमा गर्ने मुख्य कामबारे छलफल हुने स्रोतले जनाएको छ ।