गृहमन्त्रीसहित ९ मन्त्रीले सामूहिक राजीनामा दिएपछि सरकारलाई धक्का !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – सरकारका गृहमन्त्रीसहित नौ मन्त्रीलै अकस्मात सामूहिक राजीनामा दिएपछि श्रीलंकमा देशभर खैलाबैैला मच्चिएको छ ।

श्रीलंका सरकारका नौजना मन्त्रीले पदबाट राजीनामा दिएपछि सरकारलाई समेत धक्का लागेको छ ।

केही हप्ताअघि २१ अप्रिलमा भएको बम विस्फोटपछि भएको हिंसामा कम्तिमा २५८ जना मारिएको विषयमा मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । मुस्लिम मन्त्रीहरूले हिंसामा अल्पसंख्यकलाई निशाना बनाउँदा पनि सरकार निरीह भएको भन्दै पद त्याग्ने निर्णय गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

देशभरमा बौद्ध भिक्षुले गरेको प्रदर्शनपछि सोमबार नौ मन्त्री र दुई प्रान्तीय राज्यपालले राजीनामा दिने निर्णय गरेका छन् । यिनमा क्याबिनेट मन्त्री कबीर हाशिम, गृहमन्त्री हलीम र रिशद बतिउद्दिन सामेल छन् ।

राज्यमन्त्री फैजल कासिम, हारेश, अमीर अली शिहाबदीन, सैयद अली जाहिर मौलानाका उपमन्त्री अब्दुल्ला महरूफले समेत राजीनामा दिएका छन् । न्याय र जेलमन्त्री रऊफ हकिमका अनुसार सबै मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका हुन् । तर सरकारलाई समर्थन भने यथावत रहने जनाइएको छ ।

यस्तै, सुडानको राजधानी खार्तुम सेनाले चलाएको गोली लागि मृत्यु हुनेको संख्या ३० पुगेको छ । सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूमाथि सेनाले गोली प्रहार गरेको छ भने घटनामा सयौं घाइते भएका छन् ।

सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीले बताएका छन् । सैन्य मुख्यालय अगाडि धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाएको छ ।