भारतमा आज कांग्रेस–भाजपाको भाग्य फैसला, कसले ल्याउला बहुमत ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ९, २०७६

http://www.nepatop.com.np/

नयाँदिल्ली – भारतको लोकसभा चुनावको मतगणना बिहीबार बिहान ८ः१५ देखि शुरू हुँदैछ ।

त्यसअघि सुरक्षा स्थिति भने निकै कडा पारिएको छ । दिउँसोदेखि नै नतिजा आउन थाल्ने भारतीय चुनाव आयोगले जनाएको छ ।

गृह मन्त्रालयले हरेक राज्यमा कुनै धाँधली, गडबडी वा हिंसात्मक घटना नहोस् भन्नका लागि हाइ अलर्ट गराएको छ ।

बिहान ७ः१५ देखि ८ बजेसम्म कडा निगरानीका साथ इबीएम स्टङरुमबाट निकालेर मतगणना स्थलमा लगिने छ । निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतीय कांग्रेस मुख्य प्रतिस्पर्धामा छन् ।

चुनाव अधिकारीले दुई चरणमा डाकबाट आएका ब्यालेट जाँच्ने छन् । एक राउन्डमा १४ इबीएमको मतगणना हुन सक्ने जनाइएको छ ।