अब गर्भपतनमा पूर्ण प्रतिबन्ध !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ ६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – गर्भपतनलाई अस्थायी गर्भनिरोधजस्तै जथाभावी प्रयोग गर्न थालिएपछि अमेरिकामा गर्भपतनमा पूर्ण प्रतिबन्ध लगाउने कानून बनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गर्भपतनसम्बन्धी कानूनको समर्थन गरेका छन् । आफू ‘जीवन समर्थक’ भएको घोषणा गर्दै उनले गर्भपतनमा कडाइ गर्नु मानवतावादी भएको बताएका छन् ।

उनले बलात्कार वा अनिच्छुक यौन सम्बन्धबाट भएको अवस्थामा गर्भपतन गर्न भने छुट दिन सकिने बताएका छन् । दुई दिनअघि अमेरिकाका दुईवटा राज्यमा गर्भपतनमाथि कडा कानुन बनाउने स्वीकृति मिलेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प शुरूदेखि नै गर्भपतनमाथि अंकुश लगाउने पक्षमा अडिग छन् । आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा गर्भपतनसम्बन्धी मुद्दा महत्वपूर्ण हुने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अलाबामाका गभर्नरले गर्भपतनमाथि पूर्ण प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । ट्रम्पले शनिबार ट्विट गरे, ‘अधिकांश व्यक्तिलाई यो थाहा छ र जसले जान्न चाहन्छन्, उनीहरूका लागि म जीवन समर्थक हुँ । केवल तीन अवस्था (बलात्कार, आफन्तसँगको यौनसम्बन्ध र आमाको ज्यान जाने) मा यसलाई अपवाद मानिने छ ।’