अमेरिकामा डीभी कार्यक्रम बन्द !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

http://www.nepatop.com.np/

अमेरिका – डाईभर्सिटी भिसा अर्थात् डीभी कार्यक्रम बन्द गर्ने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति सार्वजनिक गर्ने भएका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार सार्वजनिक गर्न लागेको नयाँ आप्रवासन नीति अनुसार अब डिभी कार्यक्रम बन्द हुनसक्ने छ भने ग्रिनकार्ड लिन समेत अझ कठिन हुनेछ ।

द्यपि ट्रम्पले डीभी चिट्ठा कार्यक्रम बन्द गरेपनि यो वर्ष डीभी परेकाले भने अमेरिका जान पाउने छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पको घोषणामा अमेरिकाले ग्रिन कार्डका लागि पनि कडा नियम लागू गर्नेछ ।

यसअनुसार हरेक वर्ष ११ लाख जनालाई मात्र ग्रिनकार्ड उपलब्ध गराइने तथा ग्रिनकार्ड लिनका लागि कठिन परीक्षा दिनुपर्नेछ । नयाँ घोषणामा उच्च दक्षता भएका आप्रवासीलाई बढी महत्व दिइनेछ भने पारिवारिक सम्बन्धका आधारमा अमेरिका आउन चाहने आप्रवासीका लागि लागू गरिएको कार्यक्रम समेत खारेज गर्नसक्ने बताइएको छ ।

अमेरिकाले हरेक वर्ष १० लाखभन्दा धेरैलाई ग्रिनकार्ड दिने भएपनि केबल १ लाख ४० हजारले मात्रै रोजगारीका आधारमा ग्रिनकार्ड पाउने गरेका छन् भने बाँकी पारिवारिक सम्बन्ध, शरणार्थी, डीभी चिट्ठा कार्यक्रम लगायतबाट अमेरिका आउनेले ग्रिन कार्ड पाउने गरेका छन् ।

अब रोजगारी तथा दक्षताका आधारमा ग्रिनकार्डलाई प्रोत्साहन गरिने बताइएको छ । यद्यपि उनको नीति कंग्रेसबाट पारित हुनेमा भने आशंका रहेको अमेरिकी सञ्चारमाध्यमको भनाइ छ ।