विमान आपतकालीन अवस्थामा दुर्घटना, ४१ जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – विमानको यात्रालाई जोखिमयुक्त मान्ने गरिएपनि सुविधाका हिसाबले विमानको यात्रा राम्रो मानिन्छ । विमानमा आकस्मिक रुपमा कुनै गडबडी आए जोखिम बढ्छ ।

रुसको राजधानी मस्कोमा विमानमा आकस्मिक समस्या देखिँदा पाइलटले आपतकालिन अवतरण गराउन खोजेका बेला जहाज दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ ।

मस्कोको सेरेमेत्योभो एयरपोर्टमा एरियोफ्लोट नामक जहाजको सिकारु पाइलटले अवतरण गराउन नजान्दा दुर्घटना निम्तिएको हो । घटना गत मे ५ तारिख भएको छ ।

विमान दुर्घटनाको भिडियो फुटेजमा हेर्दा पहिला रनवेमा ल्याण्ड हुन खोजेको र पछि नसकेपछि पड्किएको देखाइएको छ । फुटेजमा विमान उड्ने बित्तिकै फेरि आपतकालीन अवरतण गर्न खोजेपनि त्यो सफल नभएको देखाइएको छ ।

विमानका क्याप्टेन डेनिस इभदो किमोस दुर्घटनामा परी अस्पताल भर्ना भएका छन् । विमान दुर्घटनाको मुख्य कारक विमान चालकको नै गल्ती रहेको अनुसन्धानले देखाएको छ ।

विज्ञहरूले पाइलटको ओभर कन्फिडेन्टका कारण विमान दुर्घटना हुन पुगेको बताएका छन् ।