चर्चित युवती बिहे नगरी आमा बन्न लागेको खुलासा, कसरी सम्भव भयो ?

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

मुम्बई – बिहे नगरी आमा बन्न लागेको कुरा सुन्दा आश्चर्य लाग्छ सक्छ । तर पछिल्लो समय महिलाहरू विवाहको मामिलामा उदार हुँदै गएका छन् ।

कुनै बेला सन्तान जन्माउन बिहे जरुरी ठान्ने सामाजिक मान्यता बिस्तारै भत्कँदै छ । बेलाबेला बलिउडमा नायिकाहरू बिहे अगाडि नै आमा बन्न लागेको खबर बाहिरिने गर्छ ।

केही समयअघि बलिउड नायिका एमी ज्याकसनले बिहे नगरी आफू आमा बन्न लागेको खुलासा गरेकी थिइन् । मोडल तथा नायिका बु्रना अब्दुल्लाह पनि बिहे नगरी आमा बन्न लागेको खबर बाहिरिएको छ । बु्रना बाज्रिलियन मोडल हुन् ।

उनले ग्रान्ड मस्ती, हेट लभ स्टोरी, क्यास, जय हो, देशी ब्वाइज, मस्तिजादेलगायतका हिन्दी फिल्ममा अभिनय गरिसकेकी छन् । यसका साथै विभिन्न रियालिटी सो, कमेडी क्लासमा पनि काम गरेकी छन् । बु्रनाले गत जुलाईमा बेलायती पे्रमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी हुन् ।

बनाले आफू प्रेमीसँग निकै खुशी रहेको बताउँदै सन्तान जन्माउन बिहेभन्दा पनि आपसी समझदारी चाहिने बताएकी छन् ।

उनी भन्छिन्, ‘विवाह प्रेमीलाई दिइने प्रमाणपत्र मात्रै भएकाले बच्चा जन्माउनुमा बिहे हुनु र नहुनुले असर पार्दैन । हाल उनी पाँच महिनाकी गर्भवती छन् ।’