अकस्मात ७.२ म्यानिच्युडको महाभूकम्प, सर्वसाधारणमा भागाभाग

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३१, २०७६

काठमाडौं – भूकम्प कति बेला आउँछ र कति ठूलो आउँछ भनेर पूर्वानुमान गर्न सकिँदैन ।

त्यस्तै अवस्था भएको छ प्रशान्त महासागरमा रहेको टापू देश पपुवा न्यू गिनी ।

त्यहाँ मंगलबार ७.२ म्यानिच्युडको महाभूकम्प आएको छ । भूकम्प गएपनि हाताहाती भएका नागरिकको संख्याबारे यकिन जानकारी आएको छैन ।

भूकम्प मंगलबार स्थानीय समय अनुसार बिहान ७ः२० आएको थियो । भूकम्प देशको पूर्वी भागमा रहेको वुलोलोबाट ३३ किमी दक्षिणपूर्वी भागमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

महाभूकम्प जमिनभन्दा १ सय २७ किलोमिटरमुनि रहेको भूगर्भविद्ले बताएका छन् ।

भूकम्पले जमिनको सतहभन्दा निकै गहिराईमा केन्द्रबिन्दू बनाएको छ । जसले सुनामीको सम्भावना नरहेको प्रशान्तीय सुनामी सतर्कता केन्द्रले बताएको छ ।

भूकम्पको धक्का २ सय ५० किमी टाढा रहेको राजधानी पार्ट मोरेस्वीसम्म महसुस गरिएको समाचारमा जनाइएको छ ।