विदेशमा नेपाली महिलासहित ७ जनाको दर्दनाक हत्या !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३१, २०७६

काठमाडौं – नेपाली महिला विभिन्न सपना बोकेर विदेश जान्छन् तर केही महिला असुरक्षित समेत हुने गरेको पाइएको छ ।

युरोपियन मुलुक साइप्रसमा नेपाली महिलासहित सात महिलाको हत्या भएको छ । पछिल्लो एक महिना यता भएको शृंखलावद्ध आक्रमणमा महिलाको हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हत्या भएका अधिकांश महिलाहरू एसियाली मुलुकका रहेको छन् । श्रृंखलावद्ध आक्रमणमा एक नेपाली महिलासहित ४ जना फिलिपिन्सका महिला रहेको साइप्रस प्रहरीले जनाएको छ । २ जना बालिकाहरू समेत रहेको बताइएको छ ।

सीटीभी न्यूजले जनाएअनुसार ज्यान गुमाउने नेपाली महिला आसिता खड्का बिष्ट रहेकी छन् । उनी नेपालको कुन ठाउँकी हुन खुलाइएको छैन ।

प्रहरीले दर्दनाक हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रक्राउ गरेको जनाइएको छ । शृंखलावद्ध हमलाको विरोधमा राजधानी निकोसियामामा स्थानीयले विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।