माओवादीले बम प्रहार गर्दा सांसदसहित ५ जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, चैत्र २६, २०७५

काठमाडौं – माओवादी आतंककारीको गतिविधिबाट सर्वसाधारण आजित भइरहेका बेला भारतीय माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता पार्टी (भाजपा) का सांसदसहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विधेयक भीमा मान्डवी, उनका ड्राइभर र तीन सुरक्षाकर्मी छन् ।

दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भएको डीआईजी पी सुन्दरराजले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार बन्दुकधारीले विधयकको टोलीमाथि आक्रमण गर्नुका साथै गाडीमा बम हानेको थियो । विस्फोटमा बुलेटप्रूफ गाडी क्षतविक्षत भएको छ ।

सांसदको मृत्युपछि स्थानीय स्तरमा त्रास फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दन्तेवाडामा ११ अप्रिलमा पहिलो चरणको चुनाव हुँदैछ ।

आक्रमण चुनाव प्रचारको अन्तिम दिनमा भएको छ । माओवादीले यसअघि समेत आतंककारी आक्रमण गर्ने गरेको थियो ।