दशैंमा रावण दहनका क्रममा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, कार्तिक ३, २०७५

नयाँदिल्ली – दशैंको दिन रावण दहन गर्न गएका ५० जना भारतको पञ्जाव राज्यमा आफैं मृत्युको शिकार बनेका छन् ।

रामले त्रेता युगमा रावणलाई दहन गरी आसुरी शक्तिमाथि दैवीशक्ति स्थापना गरेको उपलक्ष्यमा मनाइने दशहरामा रावणको प्रतीमामा तीर हान्नको लागि उपस्थित भएको स्थानमा नै रेल दुर्घटनामा परी ज्यान गुमाएको नवभारत टाईम्सले जनाएको छ ।

घटना पञ्जाबको अमृतसरमा भएको हो । रावण दहनको दृश्य हेर्नका लागि उपस्थित भएका दर्शक ट्रेनको लीगमा समेत पर्याप्त मात्रामा थिए । सोही समयमा अमृतसर तथा मनावलाको बीचमा फाटक नम्बर २७ मा रेलले हर्न बजाउँदा पनि पटाकाको तीब्र आवाजका कारण सो हर्न सुन्न नसक्दा उनीहरूको ज्यान गएको पञ्जाव प्रहरीले जानकारी दिएको छ ।

डीएमयू ट्रेन नम्बर ७४९४३ को दुर्घटना भएको हो । घटनापछि पञ्जाव सरकारले मृतकको परिवारलाई ५–५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

जुन ठाउँमा दुर्घटना भएको थियो सो स्थानमा हरेक वर्ष दशहरा मेला आयोजना हुँदै आएको थियो । प्रत्यक्षदर्शीका अनुसार यो साल पनि पहिले जस्तै रावण दहनको काम चलेको हो । तर, सो दहनको समयमा ठूला–ठूला स्वरमा पटाकाको आवाज आएकोले रेलको हर्न सुन्न नसक्दा यस्तो दुर्घटना भएको हो ।

पञ्जावका प्रहरी कमिस्नर एसएस श्रीवास्तवले मरनेवालाको वास्तिविक संख्या पत्ता नलागेको भन्दै कम्तिमा पनि ५० देखि ६० जना को ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अफिशियल ट्विटर अकाउन्टमा ट्वीट गर्दै रेल दूर्घटनाबारे दुःख व्यक्त गरेका छन् । पञ्जाबका मुख्यमन्त्री क्याप्ट्न अमरिंदर सिंहले तत्काल उद्दार कार्यमा लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।