बेलायती राजकुमार ह्यारी र मेगनबीच विवाह, ५ लाख पाउण्ड खर्च

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ५, २०७५

काठमाडौं – बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज ९शनिबार० विवाह हुँदैछ । लन्डनबाट करिब ३० किलोमिटर पश्चिम विन्डजरमा एक भब्य समारोहका बीच ३३ वर्षीय राजकुमार ह्यारीले ३६ वर्षीया मेगनको विवाह हुन लागेको बीबीसीले जनाएको छ ।

 

६ सय पाहुनालाई निम्तो दिइएको विवाहका लागि ५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको छ । उक्त विवाह समारोहमा राजनीतिक ब्यक्तिलाई बोलाइएको छैन ।

 

मेगन अफ्रिकी अमेरिकी मुलकी परिवारकी छोरी हुनका साथै क्याथलिक इसाईसमेत हुन् । मेगन पहिलो विवाहबाट सम्बन्ध विच्छेद गरेर बसेकी थिइन् ।