जोधपुर जेलमा सलमानलाई भेटेर प्रिती जिन्टाले यस्तो भनिन्

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र २३, २०७४

काठमाडौँ– बलिउडकी अभिनेत्री प्रिती जिन्टा जोधपुर केन्द्रीइ कारागरामा रहेका अभिनेता सलमान खानलाई भेट्न पुगेकी छन्।

बिहीबार जोधपुर अदालतले कालो हरिणको सिकार प्रकरणमा सलमानलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल र १० हजार जरिवाना तोकेपछि सलमान बिहीबारदेखि जोधापुरको जेलमा रहेका छन्।

सलमान जेल परेपछि भेट्न जाने बलिउड सिने जगतकै पहिलो व्यक्ति अभिनेत्री प्रिती जिन्टा बनेकी छन्। सलमानसँगको भेटमा उनले अदालतको फैसलाले आफूलाई दुखी बनाएको बताएकी थिइन्।

सलमान र प्रितीबीच केही बेर कुराकानी भएको र थियो। प्रितीले बलिउड जगत नै सरमानको पक्षमा रहेको भन्दै उनीप्रति सहानुभूति व्यक्त गरेकी थिइन्।

त्यस्तै शुक्रबार नै अभिनेत्री तथा सांसद जया बच्चन पनि सलमानलाई भेटन कारागार पुगेकी छन्।

सलमानलाई जमानतनमा रिहा गराउन उनका वकिलले गरेको प्रयास शुक्रबारका लागि पनि विफल भएको छ। अदालतले सलमानको जमानत आदेश शनिबार मात्रै दिने बुझिएको छ। जमानत आदेश नआउने भएपछि शुक्रबारको रात पनि सलमानले जेलमै बिताउनुपर्ने भएको छ।