हरिण सिकार मामिलामा सलमान दोषी ठहर : हुनसक्छ ६ वर्ष जेल

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र २२, २०७४

नयाँ दिल्ली- चर्चित कालो हरिण सिकार मामिलामा बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले दोषी ठहर गरेको छ। सन् १९९८ मा ‘हम साथ साथ हे’ फिल्मको सुटिङका ताका राजस्थानका स्थानियले पवित्र मानेर पूजा गर्ने ‘चिङ्कारा’ (कालो हरिण) को सिकार गरेको आरोप उनीमाथी लागेको थियो । अदालतमा २० वर्षदेखि चलिरहेको मुद्धामा आज सो फैसाला आएको हो ।

सो मामिलामा सलमानसँगै अभिनेता सैफअलि खान र अभिनेत्रीहरू सोनाली बेन्द्रे, निलम तथा तब्बुसमेत आरोपी थिए। जोधपुर जिल्ला अदालतका न्यायाधिश देवकुमार खत्रीले उनीहरूलाई दोषी ठहर गरेको हो। दोषी करार गरिए पनि उनीहरूलाई गरिने सजाय भने आज अबेर सम्म निर्णय हुने भारतिय संचारमाध्यमले जनाएका छन्।

उनीहरूले सन् १९९८ , अक्टोबर १ र २ तारिखमा दुई हरिणको सिकार गरेका थिए। सो मुद्धामा ट्राभल एजेन्ट दुष्यन्त सिंह र सलमानका तात्कालिन सहयोगी दिनेश गवारेलाई समेत आरोपी तय गरिएको थियो। यस मुद्धामा दोषीहरूलाई अधिकत्तम ६ वर्ष सम्म कैद सजाय हुने व्यवस्था छ।