​दोस्रो विश्वयुद्धमा हराएको पानी जहाज श्रीलङ्कामा भेटियो !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र १८, २०७४

काठमाडौँ– दोस्रो विश्वयुद्धको समयमा जापानको हवाइ आक्रमणको निशानामा परेको बेलायती पानी जहाज ७५ वर्षपछि भेटिएको छ ।श्रीलकाका ‘नाभी’ (समुन्द्रमा काम गर्ने सैनिक) ले त्यस जहाजलाई पानीमा उतारेका हुन् । सन् १९४२ डिसेम्बर २४ मा त्यस जहाजमा जापानका सैनिकले आक्रमण गरेका थिए ।

हवाइ अक्रमणमा परेको त्यो जहाज आगो लागेर जलेको थियो । सन् १९४३ अगष्ट २४ मा त्यो जहाज डुबेको थियो । १३८ मिटर लामो कार्गोको त्यो पानी जहाज सन् १९२४ डिसेम्बर २४ मा सञ्चालनमा आएको थियो ।

श्रीलङ्काको त्रिङ्कोमाली भन्ने स्थानमा त्यस जहाजलाई नाभी सैनिकले उतेरेका हुन् । त्यस जहाज पानीभन्दा ३५ फिट तल रहेको थियो । त्यस जहाजलाई पानीमा उतार्न श्रीलङकाको नाभी कमाण्डलाई धेरै महिना लागेको बीबीसीले उल्लेख गरेको छ ।