जब जुहीको हातमा थुकेर हिँडे आमिर खान

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

बलिउड नायक आमिर खान र नायिका जुही चावलाले केही चलचित्रमा सँगै काम गरे । उनीहरुको जोडीलाई दर्शकले खुब मन पराएका थिए । तर, यो जोडीमा अहिले पानी बाराबारको स्थिति छ । उनीहरु एक-अर्कासँग बोल्दैनन् । जुहीले त आमिर खानसँग कहिल्यै काम नगर्ने वाचा नै गरेकी छिन् ।

यसरी बिग्रियो सम्बन्ध
सन् १९८८ मा रिलज भएको चलचित्र ‘कयामत से कयामत तक’मा आमिर खान र जुही चावलाले मुख्य भुमिका निर्वाह गरेका थिए । चलचित्र सुपरहिट भयो । उनीहरुको जोडीलाई दर्शकले निकै मन पराए । तर, आमिरको सानो गल्तीले यो जोडीलाई दर्शकले फेरि कहिल्यै देख्न पाएनन् ।

आमिरले जुहीको हातैमा थुके
हिन्दी चलचित्र ‘इश्क’को सुटिङ हुँदै थियो । सुटिङ सकेर बसेका बेला आमिरले आफू ज्योतिष विद्याको धुरन्धर भएको भन्दै हात हेर्न आउने बताए । लगत्तै जुही चावला हात देखाउन आइन् । आमिरले जुहीको हात एकछिन हेरे र थुके अनि उठेर हिँडे ।

खासमा आमिरले मजाक गरेका थिए । तर, जुहिलाई निकै नमज्जा लाग्यो र उनी सुटिङै छाडेर हिँडिन् । यतिसम्म कि पछि जुहीले बाँकी सुटिङ नगर्नेसम्मको अडान लिइन् । निर्माताको आग्रहपछि जुहीले सुटिङ पुरा गरेकी थिइन् ।

त्यसपछि आमिर र जुही धेरै कार्यक्रममा भेट भए पनि बोलेनन् । ५ वर्षपछि चलचित्र ‘राजा हिन्दुस्तानी’मा जुहीलाई अफर गरेका थिए निर्देशकले । तर, जुहीले आमिरसँग काम नगर्ने दोहोर्‍याइन् । आमिर र जुहीले ‘लभ लभ लभ, तुम मेरे हो, दौलत कि जंग, हम है राही प्यार के, आतंक हि आतंक’मा काम गरेका छन् ।