काश्मिरमा आक्रमण : १७ सैनिक र चार जना बिद्रहीको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, अशोज २, २०७३

भारत प्रशासित काश्मिरको उरी क्षेत्रमा आइतबार बिहान बिद्रोहीले गरेको आक्रमणमा १७ जना सैनिकको मृत्यु भएकाे छ ।

सैन्य क्षेत्रमा बिद्रोहीले आक्रमण गरेकाले धेरै सैनिकको ज्यान गएको समाचार संस्था पिटिआईले जनाएको छ । झडपको क्रममा चार जना बिद्रोहीको पनि ज्यान गएको बताइएकाे छ ।

बारामुलाको उरी क्षेत्रको सैन्य इलाकामा बिहान साढे पाँच आत्मघाती आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणमा केही सैनिक घाइते भएका छन् ।

उनीहरुलाई हेलिकप्टर मार्फत उपचारका लागि अस्पताल लगिएको छ । भारतका गृहमन्त्री राजनाथ सिंहले काश्मिरको अवस्था र पछिल्लो आक्रमणलाई मध्यनजर गरेर रुस तथा अमेरिका भ्रमण स्थगित गरेका छन् ।