कोलम्बियामा झोलुङ्गे पुल खस्दा ११ जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, पुस २६, २०७३

pashupati

कोलम्बियाको भिलाभिसेन्सियो शहरनजिकको दुर्गम गाउँमा झोलुङगे पुल खस्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बालबालिका बढी परेका छन् । पुल चुँडिएर ८० मिटर तल नदीमा खसेको थियो ।

बढी भारका कारण पुल चुँडिएको अनुमान गरिएको छ । उक्त पुल स्थानीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको थियो ।