ट्रम्पले ज्वाइँको सल्लाहमा देश चलाउने

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, पुस २६, २०७३

pashupati

अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ज्वाइँको सल्लाहमा देश चलाउने भएका छन् ।  यसको लागि ट्रम्पले ज्वाइँ ज्यारड कुसनरलाई वरिष्ठ सल्लाहकारको रुपमा नियुक्त गरेका छन् ।

गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा कुसनरले आर्थिक चाँजोपाँजो मिलाउन मुख्य भूमिका खेल्नु भएको थियो । यो नियुक्तिका लागि सिनेटले स्वीकृत दिनु पर्दैन । वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि कुसनरले कुनै तलब भत्ता नलिने बताए ।

कुसनर ससुरा ट्रम्पजस्तै घर जग्गा व्यवसायी हुन् ।