नोटबन्दीका विरुद्धमा सोमवार भारत बन्दको आह्वान

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १३, २०७३

नोटबन्दीका विरुद्धमा सोमवार भारत बन्दको आह्वान गरिएको छ । वामपन्थी पार्टी र अन्य पार्टीहरूले राष्ट्रिय रूपमा बन्दको आह्वान गरेका हुन् । बन्दलाई सफल पार्न प्रदर्शनकारीहरूले बिहारमा केही रेलहरू समेत रोकेको बिहार प्रहरीले बताएको छ । यस क्रममा सिपिआइ, सिपिएम, सिपिआई (एमएमल)ले पट्ना, गया, जेहनावाद, भागलपुर र मुजफ्फरपुर रुटका करिब दर्जन रेलसेवा अवरुद्ध पारेका छन् ।

‘कतिपय रेल बन्द सफल पार्नकै लागि रोकिएका छन् । सडकहरू पनि विभिन्न ठाउँमा अवरुद्ध पारिएको छ, ’ एक प्रहरी अधिकृतले टाइम्स अफ इण्डियालाई बताएका छन् । यद्यपि विहारको सत्तारुढ गठबन्धनमा आवद्ध ग्रयाण्ड अलायन्स सम्बद्ध दलहरूले भने बन्दका विरुद्धमा प्रदर्शन निर्णय गरेको छ । सत्तारूढ जनता दल ९एकिकृत०का नेता तथा मुख्यमन्त्री नितिश कुमारले भने बन्द र बन्दका विरुद्ध भएका कुनै पनि प्रदर्शनमा भाग नलिने निर्णय गरेका छन् ।

नितिशले केन्द्र सरकारको नोट बदल्ने निर्णयलाई यसअघि नै स्वागत गरिसकेका छन् । बिहारमा दर्जन बढी जिल्लाहरूमा वामपन्थी पार्टीहरूको वर्चस्व छ ।