मोदीको भाषणमा विरोध गर्ने वृद्धालाई पुलिसले यस्तो सम्म गर्यो

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

 गत शुक्रबार पंजाबको बठिंडामा नरेन्द्र मोदीको भाषणमा नोटबन्दीको विषयमा कुरा गर्दा एक वृद्ध महिलाले विरोध गर्ने कोसिस गरेकी छिन् । विरोधमा उत्रिएलगत्तै पुलिसले उनको व्यवहारमा कैंची लगाए ।

स्रोतका अनुसार उनको मुख बन्द गरेर लाठीचार्ज गरियो । टाउकोमा लट्ठी लागेपछि उनको रगतसमेत बगेको थियो । यसका साथै ती वृद्धालाई घिसार्दै त्यहाँबाट निकालियो । यो घटनाक्रम मोदीले देखेनन् ।

बलबिन्दर कौर नामकी महिलाले मोदीको विरोध गरेलगत्तै अकाली दलका समर्थकले कौरको अगाडि ‘पञ्जाब सरकार जिन्दाबाद’ लेखेको ब्यानर लगाइदिए । त्यसपछि महिला पुलिसले उनलाई घिसारेर त्यहाँबाट निकाले । मिडियासँग नबोलुन् भनेर पुलिसले उनको मुख पनि थुनिदिएको इन्डियन एक्सप्रेसले बताएको छ ।

त्यसपछि उनलाई पुलिस भ्यानमा राखियो । नरेन्द्र मोदी कार्यक्रमबाट बाहिरिएपछि उनलाई रिहा मुक्त गरिएको थियो । पर्ल ग्रुप नामक एक संस्थामा पैसा लगानी गरेकी कौरको पैसा फसेपछि उनी निराश भएकी थिइन् । उनीमात्र होइन, उनीजस्तै ६ करोड मानिसको ४९ हजार करोड भारतीय रुपैयाँ उक्त ग्रुपले हडपेको बताइएको छ ।