‘फिडेल क्यास्त्रो जसले ३५ हजार स्त्रीसँग सम्बन्ध राखे…’

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

शनिवार क्युबाली क्रान्तिका ‘जनक’ फिडेल क्यास्त्रो बिते । क्यास्त्रोको नाम दुनियाँका ती शासकहरूमा पर्छन् जसले लामो समयसम्म सत्ता देशको सम्हाले । उनले १९५९ देखि २००८ सम्म क्युबामा शासन गरे । १९७६ को राष्ट्रियसभाले उनलाई क्युबाको राष्ट्रपति पदमा चुनेको थियो । १९५९ मा तानाशाह फुखेंसियो बाटिस्टालाई सत्ताबाट हटाएपछि क्युबामा उनको उदय भएको थियो । ९० वर्षको उमेरमा बितेका क्यास्ट्रोबारे संसारमा अहिले पनि रोचक कहावत र मिथसमेत बनेका छन् ।

सन् २००८ मा न्युयोर्क पोस्टले क्यास्ट्रोका एक आफन्तको हवाला दिँदै क्यास्त्रोले करिब ३५ हजार महिलाहरूसँग शारीरिक सम्बन्ध बनाएका थिए । पोस्टले उल्लेख गरेको छ, ‘क्यास्ट्रोका आफन्तले बताए अनुसार उनी बिहानको खाजा, दिउसोको खाना र बेलुकाको खाना खाएपिच्छे उनी अलग–अलग महिलासँग यौन सम्बन्ध राख्दथे ।’

अमेरिकाको नाकैमुनि बसेर अमेरिकालाई सताउने उनी लामा–लामा भाषणका लागि चर्चित थिए । क्यास्ट्रोले संयुक्त राष्ट्रसंघमा सबैभन्दा लामो भाषण गर्ने व्यक्तिको रेकर्ड समेत राखेका छन् । २९ डिसेम्बर १९६० मा उनले संयुक्त राष्ट्रसंघमा ४ घण्टा २९ मिनेट भाषण गरेका थिए । यतिमात्र होइन, १९८६ मा उनले आफ्नै देश क्युबामा ७ घण्टा १० मिनेट भाषण गरेका थिए ।

क्यास्ट्रोको बारेमा यो पनि भनिन्छ कि उनलाई अमेरिकी सेंट्रल इंटेलिजेंस एजेंसी (सिआइए)ले करिब साढे छ सय पटक मार्ने योजना बनाएको थियो तैपनि अमेरिकाले उनलाई हत्या गर्न सकेन । उनलाई विशालु सिगार, विषको ट्याब्लेटमार्फत तथा विशालु कोट पहिर्याएर समेत मार्ने कोसिस गरेको बताइन्छ । क्याष्ट्रोले आफ्नो शासनकालमा आइजनहावरदेखि क्लिन्टनसम्मका अमेरिकी राष्ट्रपतिको सामना गरे । अमेरिकाले उनको देशमा ४५ वर्षसम्म आर्थिक नाकाबन्दी लगायो ।