जनकपुरधाममा गोली चल्यो, भारतीय लुटेरा समूहमाथि प्रहार !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ८, २०७६

http://www.nepatop.com.np/

धनुषा – जनकपुरधाम उपमहानगरपालिकामा डकैती गर्न आएको भारतीय आपराधिक समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

प्रदेश २ प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले डकैती गर्न आएको समूहमाथि गोली प्रहार गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ भारत समस्तीपुरबाट नेपाल आएको ७ जनाको भारतीय लुटेरा समूहमाथि प्रहरीले गोली प्रहार गरेको हो ।

प्रहरीका अनुसार एक जना डाँकाको खुट्टामा गोली लागेको छ । प्रहरीले लुटेरा समूहबाट ६ राउण्ड गोली, लोड गरिएको सिक्सर पेस्तोल १ थान, र एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको दुई नम्वर प्रदेशका प्रहरी प्रमुख डीआईजी हरि पालले बताए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।