त्रिशुली बस दुर्घटनामा मृतकको संख्या बढ्दै, ५ जनाको मृत्यु, २९ जना घाइते

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ५, २०७६

http://www.nepatop.com.np/

धादिङ – धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदीमा आईतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

दुर्घटनामा चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना७ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।