त्रिशुली बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ५, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

गजुरी गाउँपालिका–६ बन्छेटारको आदमघाटमा आईतबार बिहान बस त्रिशुलीमा खसेको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय घादिङले बस त्रिशुलीमा खसेको र हालसम्म तीन जनाको मृत्यु भएको पाइएको जनाएको छ ।

दुर्घटनास्थलमा टेलिफोन सम्पर्क समेत हुन नसकेकोले विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घटनास्थलमा उद्धारको काम गरिरहेको जनाइएको छ । प्रहरी उद्धारमा खटिएकाले अहिले मृतकको सनाखत समेत गरिएको छैन ।