पूर्व माओवादी सांसद चढेको गाडीमा जनताले गरे तोडफोड

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ४, २०७६

http://www.nepatop.com.np/

बाँके – तत्कालीन नेकपा माओवादी केन्द्रकी उम्मेदवार भएर बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ चढेको गाडीमा नरैनापुरका जनताले तोडफोड गरेका छन् ।

प्रहरी चौकी घेराउ गरिरहेको स्थानीय जनताको समूहले केसी चढेको गाडीमा तोडफोड गरेको हो ।

प्रहरी चौकी घेराउका क्रममा केसी निर्वाचन क्षेत्रको भ्रमण गरी कटकुइयाबाट फर्कंदै थिइन् ।

नरैनापुरमा ब्यवसाय गर्ने भारतीय नागरिक चरेशसहित पक्राउ गरेपछि स्थानिय आक्रोशित हुँदै प्रहरी चौकी घेराउ गरेका थिए ।

निर्दाेषलाई फसाउन खोजेको भन्दै स्थानीयले रिहाइको पहल गरिदिन केसीलाइ दबाब दिएका थिए । केसी त्यहाँबाट अघि बढ्न खोज्दा उनी चढेको गाडीमाथि तोडफोड भएको हो ।

तोडफोडबाट सामान्य क्षति पुगेको छ ।