केपी ओली पुगेपछि आज बिहानैदेखि बन्द

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ४, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टीमाथि लगाएको प्रतिबन्धको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज शनिबार रुपन्देही जिल्ला बन्दको आह्वान गरेको छ ।

शनिबार केपी ओली रुपन्देही आउने कार्यक्रम भएकाले विप्लवले बन्द आह्वान गरेको हो । बन्दका क्रममा सम्पूर्ण क्षेत्र बन्द गर्न आह्वान गरिएको छ ।

लुम्बिनिमा बुद्ध जयन्ती मनाउन रुपन्देही आएर बाँस बस्ने भनिएका केपि ओलीलाई आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवा नगर्दासम्म जुन जिल्लामा पुगेपनि बन्द गर्ने घोषणा गरेको सो पार्टीले शनिबार बन्दको घोषणा गरेको छ ।

जिल्ला सचिव अमर आरसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पुर्वघोषित कार्यक्रम अनुसार हाम्रो पार्टीले केपी ओली गएको जिल्लामा बन्द गर्ने घोषणा गरेकाले जेठ ४ गते केपी ओली रुपन्देहीको लुम्बिनी आउने कार्यक्रम रहेकाले सम्पूर्ण जनताहरूलाई सो कार्यक्रम बहिष्कार गर्न अनुरोधसहित रुपन्देही जिल्ला बन्दको कार्यक्रम घोषणा गर्दछौं । कथित प्रतिबन्ध तत्काल फिर्ता नगरे यसभन्दा अझ कडा संघर्षका कार्यक्रम अगाडि आउने चेतावनीसहित ४ गते रुपन्देही जिल्लाभर अत्यावश्यक साधनबाहेक यातायात सम्पूर्ण रूपमा बन्द रहने जानकारीसहित, हाम्रो बाध्यात्मक कार्यक्रमलाई सहयोग गर्नुहुन सम्पुर्ण रुपन्देहीबासी जनतामा अनुरोध गर्दछौं ।’