रवि लामिछाने बेहुला बनेको तस्बिर सार्वजनिक, गोप्य रुपमा भयो विवाह !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

काठमाडौं – लोकप्रिय पत्रकार रवि लामिछाने शुक्रबार परम्परागत रुपमा विवाह गरेर तस्विर सार्वजनिक गरेका छन् ।

केही महिना अघि कानूनी विवाह गरिसकेका निकिता पौडेल र रवि लामिछानेबीच शुक्रबार परम्परागत रुपमा बिहे भएको हो ।

न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार रवि लामिछानेले चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिनअघि नै सार्वजनिक भइसकेको थियो ।

यसअघि काठमाडौं जिल्ला अदालतमा गएर कानूनी रुपमा विवाह दर्ता गराइसकेका दुवै आज वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

शुक्रबार नगरकोटको होटल मिस्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गरिएको जनाइएको छ । पारिवारिक स्रोतका अनुसार रविले विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन् ।

विवाहको कार्यक्रम गोप्य राखिएको छ । उनले गत माघ ७ गते निकितासँग अदालती विवाह गरेका थिए ।