काठमाडौंमा राति नपर्दै ६१ जना यौनकर्मी पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाडौं – यौन क्रियाकलाप नियन्त्रण गर्न सक्रिय देखिएको प्रहरीले काठमाडौंको माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मीलाई पक्राउ गरेको छ ।

बुधबार साँझ प्रहरीले विभिन्न क्षेत्रबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई बालाजु प्रहरी चौकीमा ल्याइँदै गरिएको महानगरीय प्रहरी वृत बालजुका डिएसपी बालनरसिंह रानाले बताए ।

केहीलाई बार्गेनिंग गरिरहेको अवस्थामा र केहीलाई होटलबाटै पक्राउ गरिएको उनले बताए । प्रहरी यसअघि समेत सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिसकेको छ ।