सोमबार सार्वजनिक बिदा दिने घोषणा, सबै कार्यालय बन्द

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, बैशाख २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन आगामी सोमबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।

ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो ।

जोशी सोमबार अर्थात् बैशाख ३० गते ९९ वर्ष पूरा गरी एक सय वर्षमा प्रवेश गर्दैछन् । यस अवसरमा महानगरपालिका मातहतका सबै कार्यालय लगायत संघसंस्थालाई बिदा दिने जानकारी विज्ञप्तिमार्फत् गराएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कला, साहित्य र संस्कृतिमार्फत् नेपाललाई चिनाउन महत्वपूर्ण योगदान दिएको अवसरमा बैशाख ३० गते विभिन्न कार्यक्रम गरेर जन्म शताब्दी मनाउने तयारी छ ।

महानगरले उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको र्याली गर्नेछ । र्यालीमा सहभागी हुन सबै नगरबासीलाई अनुरोध गरिएको छ । महानगरले जोशीलाई सम्मान स्वरुप यसअघि नै गाडी, चालक, सुरक्षा गार्ड र मोबाइल प्रदान गरेको थियो ।