श्री एयरलाइन्सभित्रै भयंकर बेथिति, आधा घण्टा थुनिए यात्रु !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख १६, २०७६

http://www.nepatop.com.np/

धनगढी – धनगढी विमानस्थलमा अवतरण भएको श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि यात्रुलाई आकस्मिक द्वारबाट उतारिएको छ ।

आजको घटनाले श्रीएयरभित्र रहेको बेथितिलाई उजागर गरेको छ ।

सोमबार दिउँसो साढे ४ बजे धनगढी विमानस्थलमा अवतरण भएको श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि यात्रुहरूलाई झण्डै आधा घण्टापछि आकस्मिक द्वारबाट उतारिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर थापाले बताए ।

यात्रुलाई झण्डै साँझ पाँच बजे मात्र आपतकालीन द्वारबाट बाहिर निकालिएको थियो । केही प्राविधिक समस्याका कारण जहाजको ढोका नखुलेको बताइएको छ ।