बुढानिकण्ठ नगरपालिकामा १ दिने निःशुल्क स्वास्थ्य शिविर

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख १४, २०७६

काठमाडौं – बुढानिकण्ठ नगरपालिका–११ र पानस फार्मास्यूटिकल्सको संयुक्त आयोजनामा मुटुरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ ।

नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलको प्रमुख आथित्यता तथा वडा अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार, बुद्धिजीवी, सुरक्षाकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कतिपय व्यक्तिले आफ्नो रोगलाई लुकाएर बस्ने, समयमै उपचार नगर्ने स्वास्थ्य चौकी नजाने परिपार्टीको अन्त्य गर्नका निमित्त शिविरको आयोजना गरिएको आयोजक संस्था पानस फार्मास्यूटिकल्सका महासचिव बसन्तराज रिजालले जानकारी दिए ।

बुनपा–११ को वडा कार्यलयमा सञ्चालन गरिएको शिविरमा १५० भन्दा बढीले सेवा लिएको आयोजक सस्थाका सदस्य राजेन्द्र केसीले बताए ।