रिना बस्नेतपछि यी अर्की युवती नदी किनारमा रहश्यमय ढंगले मृत भेटिइन् !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख १४, २०७६

http://www.nepatop.com.np/

धनकुटा – पथरीकी स्थानीय महिला रिना बस्नेतको रहश्यमय मृत्युको घटना सेलाउन नपाउँदै धनकुटाको शहीदभूमी गाउँपालिका–७ सिम्लेस्थित तमोर नदी किनारमा एक युवतीको शव फेला परेको छ ।

एक हप्ताअघिदेखि बेपत्ता भएकी मोरङको केराबारी–५ सतिसालेकी २५ वर्षीया रोजिता दाहालको शव बिहिबार साँझ फेला परेको प्रहरीले जनाएको छ ।

दाहाल गत आईतबार बिहानदेखि बेपत्ता थिइन् । आफू कहिल्यै नफकिने गरी गएको भन्दै दाहालले श्रीमानलाई म्यासेज पठाएकी थिईन् ।

त्यसपछि आफन्त र प्रहरीले दाहालको खोजी तीब्र पारेका थिए । खोजी गर्ने क्रममा मूलघाटस्थित तमोर नदीको पुलमुनि दाहालको झोला, मोबाइल र पैसा भेटिएको थियो ।

बिहीबार साँझ माछा मार्ने क्रममा स्थानीयले पानीमा तैरिरहेको अवस्थामा शव भेटेपछि प्रहरीलाई खबर गरेको धनकुटा प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । धनकुटाको चौबिसे–५ बोधे माईतीघर भएकी दाहालको केराबारीका बिमल महतसँग विवाह भएको थियो ।