आज सार्वजनिक बिदा, सबै सरकारी र शैक्षिक संस्था बन्द

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, बैशाख ११, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – सर्वसाधारणले विभिन्न कारणले सार्वजनिक बिदा पाउँछन् । आज बैशाख १२ गते भूकम्पको झड्काका कारण सार्वजनिक बिदा हुने भएको छ ।

४ वर्षअघि गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दू रहेको गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज बिहीबार सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको गत चैत २३ गते बसेको बैठकले बैशाख १२ गतेको दिन बारपाक सुलिकोट गाउँपालिकाका सबै सरकारी एवं सार्वजनिक कार्यालय, शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले बारपाकलाई केन्द्रबिन्दू बनाइ २०७२ सालमा गएको भूकम्पले एकै गाउँपालिकाका १ सय ३९ जनाको निधन भएकोमा दुःख र शोक व्यक्त गरेको छ ।

गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै बिदा घोषणा गरेको छ । गाउँपालिकाबाहेक अन्य क्षेत्रमा भने बिदा दिइएको छैन ।