पति विदेशमा रहेका बेला नग्न अबस्थामा शव भेटियो, प्रहरीको चरम लापरबाही

मिडिया डबली प्रकाशित : शनिबार, बैशाख ७, २०७६

पथरीशनिश्चरे – मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेतको शुक्रबार राति भएको हत्यामा पथरी प्रहरी समेत दोषी देखिएको छ । पथरीमा आयोजित कन्सर्टलाई मध्यरात सम्म सञ्चालन हुन् दिनु पनि हत्याको प्रमुख कारण भएको स्थानीय बताउँछन । प्रशासनले कुनैपनि कार्यक्रम गर्न बेलुका ७ देखि ८ बजेसम्म मात्र समय दिने भएपनि सो कन्सर्टका लागी पथरी प्रहरीले मध्यरात सम्म सञ्चालन गर्न दिएको थियो ।

नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी बस्नेतको शव शनिबार बिहान प्रहरीले उठाउने कोशिष गरेपनि आफन्तले शव उठाउन दिएका छैनन । प्रहरीको चरम लापरबाहीका कारण यो घटना भएको भन्दै परिवार आक्रोशित बनेका छन । बस्नेतका आफन्त तेह्थुमबाट आईनपुगे सम्म शव नउठाउने परिवारको दाबी रहेको छ । मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन ।

 

शुक्रबार दिनभर तनावमा मृतक रिना

मृतकका छोराका अनुसार शुक्रबार दिउँसो आमा पुरै तनाबमा थिईन । उनको मोबाईलमा बारम्बार फोन आईरहेको थियो । उनी निक्कै हतास थिईन । दिउँसो एक आफन्तको जन्मदिनमा सहभागी भएर आएका आमाछोरा बेलुका कन्सर्टमा जाने तयारीमा भएपनि आमा पुरै तनावमा देखिएको र आत्तिएको जस्तो लागेको उनका छोराले बताएका छन । १४ वर्षीय छोराका साथ बस्दै आएकी बस्नेतको श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

यस बिषयमा पथरी प्रहरीले कुनै प्रतिक्रिया दिन मानेको छैन । बिच बजारमा नग्न अबस्थामा हत्या हुँदा समेत प्रहरीले सुँईको नपाउनु र दिनभर मृतकको फोन आउनुले घटना थप शंकास्पद बनाएको छ ।