सरकारले गर्‍यो ४ दिन सार्वजनिक बिदा दिने घोषणा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र २७, २०७५

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेका सार्वजनिक बिदामा चार दिन थप्दै प्रदेश १ सरकारले बिदा घोषणा गरेको छ ।

प्रदेशको मन्त्रिपरिषद् बैठकले २०७६ सालको हिन्दूहरूको पर्व जनै पूर्णिमा, उधौली पर्व, मुस्लिमहरूको पर्व इदुल फित्त (रमजान) र छठ पर्व गरी थप चार वटा बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका प्रवक्ता, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले चार दिन बिदा थप्ने निर्णय भएको जानकारी दिए ।

बैठकले बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७५ संसदमा पेस गर्ने स्वीकृति प्रदान गरेको छ । त्यसैगरी विपत् व्यवस्थापन ऐन–२०७५ केही संशोधनलाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

प्रदेश सरकारले विपद् कोष सञ्चालन कार्यविधि–२०७५ लाई स्वीकृत प्रदान गरेको मन्त्री कार्कीले बताए । उनले सामाजिक विकास संस्था नियमावली संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको समेत बताए ।