ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, दुई घाइते

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, कार्तिक ३, २०७५

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ । विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ ।