ओलीलाई अमेरिकामा श्रीमतीकै सामुन्ने यसरी भयो अपमान ! नेपाली राजदूतले दिए साथ

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, अशोज ८, २०७५

न्युयोर्क – नेपालमा विदेशी विशिष्ट पाहुना आउँदा प्रधानमन्त्रीदेखि मन्त्री नै स्वागतका लागि विमानस्थलमै जान्छन् ।

नेपाली अभ्यास विपरीत प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा जाँदा विमानस्थलमा स्वागत गर्न अमेरिकन सरकारको एउटा कर्मचारी पनि आएनन् । नेपाली सन्दर्भमा हेर्दा अमेरिकामा ओलीलाई अपमान गरेजस्तै हो ।

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा विमानस्थलमा कसले स्वागत गर्छ भन्ने कुरालाई चासोका साथ हेर्ने गरिन्छ । तर, अमेरिकामा भने ओलीलाई अमेरिकाको एउटा सामान्य कर्मचारी समेत स्वागत गर्न आएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छन् ।

न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले स्वागत गरेका छन् ।

असोज ९ गते मंगलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्रसंघलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ ।

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

नेपालमा आउँदा विदेशी पाहुनाको भव्य स्वागत गर्ने गरिएपनि नेपाली नेता विदेश जाँदा स्वागत पाउँदैनन् । विदेशी पाहुनाको स्वागत नेपालमा एकोहोरो हुने गरेको छ ।

छुटाउनु भयो कि ?