गएराति भयो दुर्घटना : १ जनाको मृत्यु, अर्का गम्भीर घाइते

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, अशोज ६, २०७५

लहान – सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको लक्ष्मीपुर पतारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभुसन यादवले जानकारी दिए ।

घटनामा स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नगरपालिका–५ निमचोक निवासी २६ वर्षीय रामउदगार महतो गम्भीर घाइते भएका र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे बताइएको छ ।