नेपाली सेनाका जवानले यौनसम्बन्ध राख्न नपाएपछि सिन्धुलीकी युवतीलाई यसरी गरे हत्या

मिडिया डबली प्रकाशित : मङ्लबार, भदौ १९, २०७५

 काठमाडौं – नेपाली सेनाका जवानले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा सिन्धुली जिल्ला घर भएकी एक युवतीको हत्या भएको छ ।

काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत सेनाका जवान लालबहादुर ढुंगेलले २४ वर्षीया बसुन्धरा खड्काको हत्या गरेका हुन् । जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटको सुनकोसी किनारमा बसुन्धरा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको सिन्धुली प्रहरीले जनाएको छ ।

जेठ ११ गते रामेछापको मन्थली नगरपालिका–७ की वसुन्धराको शव हत्या गरेको अवस्थामा सुनकोसी किनारमा फेला पारिएको थियो । भैरवनाथ गणमा कार्यरत दोलखा तामाकोसी–७ हावागैरीका ३६ वर्षीय लालबहादुर ढुंगेलले यौन प्रस्ताव नमानेपछि बसुन्धरा खड्काको हत्या प्रहरी समक्ष बयान दिएको सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले बताएका छन् ।

ढुंगेललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हत्यापछि युवतीको फोन, ह्यान्ड ब्याग, पर्स, सुनका गरगहनालगायत सामग्रीसहित ढुंगेल फरार भएका थिए ।

सिन्धुली प्रहरीले ढुंगेललाई जेठ ३० गते पक्राउ गरेको थियो । सोही सैनिक दलका जवान रामेछाप लिखु तामाकोसी–६ का सुरेश बुढाथोकी भने निर्दोष पाइएको एसपी यादवले बताएका छन् ।