धनीलाई काम ~”गरिबका मृगौला कौडीका दाम”

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, असार ६, २०७५

काठमाडौं  गरिबका मिर्गौला धनी नेपाली विभिन्न देशका नागरिकका लागि बेचिने गरेको कतिपयले मिर्गौला बेचेर गर्जो टार्ने काम समेत गर्दै आएको पाइएको

नेपालमा व्याप्त रहेको मिर्गौला रोगीका समस्या समाधानका लागि सरकारले केही राहतका योजना अघि सारेको बताइए पनि त्यसले काम गर्न सकेको छैन तर ग्रामिण बस्तीमा स्वस्थ्य अवस्थामा रहेका मानिसको मिर्गौला झुक्याएर, फकाएर रकम दिएरै पनि झिकिने गरेको तितो तथ्य दोहोरिरहेको

केही समय अघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको निकालिएको थियो

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका थिए गिरीलाई सुविधा दिने विश्वास जितेर मिर्गौला झिकिएको थियो यसकारण धनीले गरिबलाई काखमा राखेर कोखमा हान्ने काम छाडेका छैनन्

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो यस्तो तरिका नाटक कतिपय अस्पतालले नै सिकाउने गरेका कारण तस्कर धनाड्य समुह अहिले गाउँ गाउँमा आफ्ना लागि मिर्गौला खोज्न नाता, कृपा सेवाको भावनामा अघि बढिरहेको हुनसक्ने अनुमान गरिएको

बनेपा काभे्रपलाञ्चोक जिल्लामा अझै पनि मिर्गौला तस्करी रोकिएको छैन दलालले मिर्गौला बेच्न महिलालाई पत्नी भएको कागज बनाउने काठमाडौँमा रगत जाँचेर घुम्ने बहानामा भारत लगेर मिर्गौलाको तस्करी भइरहेको स्थानीयवासी नै बताउँछन्

केही समय अघि मेथिनकोटकी एक ३५ वर्षकी गृहिणीले भारतमा गएर आफ्नो एउटा मिर्गाैला तीन लाख ७५ हजारमा बेचिन् दुई सन्तानकी आमा उनले वैदेशिक रोजगारका क्रममा दुई वर्षअघि मलेसियामा पतिको मृत्यु भएपछि ऋण तिर्न मिर्गौला बेचेकी बताएकी थिइन्

चार लाख ऋण थियो, खेतबारीबाट आम्दानी छैन, तिर्ने उपाय नभएपछि बेचेकी हुँउनले भनेकी थिइन् पति विदेश जाँदा त्यसपछि लागेको ऋण तिर्न आफ्नो शरीरको संवेदनशील अङ्ग बेचेको उनले निर्धक्क बताएकी थिइन् उनको मिर्गौला निकाल्दा चिरेको पेटमा प्लास्टिक सर्जरी गरी पठाएकाले उनलाई कसैले शङ्का गर्ने ठाउँ पनि थिएन

फूलबारीका तीनजना युवाले एकैसाथ मिर्गौला बेचेर फर्किए उनीहरूले जनही दुई लाख पाएको स्थानीयले बताएका थिए

मिर्गौला बेचेर आएपछि शरीरमा ठूलो घाउखत हुँदा परिवार छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हट्ने भएपछि विपन्न वर्गका मानिसले मिर्गौला बेच्न हौसिएका छन् होक्से स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि दुई वर्षअघि गाउँ नै छाडेका थिए

केही वर्षअघिबैंक अफ किड्नीभनेर देशविदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकमा २० वर्षअघिदेखि मिर्गौला बेचबिखन भइरहेको थियो

सुरुमा काभ्रेपलाञ्चोकको होक्से ज्याम्दी गाविसका करिब १०८ जनाले मात्रै मिर्गौला बेचेको अनुमानित तथ्याङ्क तर अहिले त्यसबाट जिल्लाका १० गाविस प्रभावित भएको अनुमान

मिर्गौला बेच्ने क्रम नरोकिएपछि जिल्लास्थित जनअधिकार संरक्षण मञ्च (पिपिआर)ले मिर्गौला बेच्नेको तथ्याङ्क सङ्कलन तथा उनीहरूको अवस्थाबारे अनुगमन गरेको थियो

प्रारम्भिक अनुगमनमा काभे्रका कम्तिमा तीन सय जनाले मिर्गौला बेचेको पाइएको थियो होक्सेमा ११२ जना, पाँचखालमा १०२ जना ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको तथ्याङ्कमा देखिएको थियो यसको तथ्यांक अझ बढेको हुनसक्ने अनुमान गरिएको

उजुरीपछि २०७० वैशाखमा मिर्गौला तस्करीमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले पक्रेपछि त्यहाँबाट केही समय मिर्गौला तस्करी रोकिएको थियो लगत्तै जेठमा तस्करमध्येका सातजनालाई प्रहरीले पुर्पक्षका लागि थुनामा राखेको थियो

मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुन्छ पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था

काभ्रे मात्र होइन विभिन्न जिल्लामा अब मिर्गौला बेच्ने लहड नै चलिसकेको गोरखाका १९ बर्षिय दीपक नेपाली रोजगारीका लागि पोखरा बस्थे मजदुरी गर्दै आएका उनको साउनमा दुई नयाँ मानिससँग भेट भयो दुबैले उनलाई उद्योगमा काम लगाइदिने भन्दै फकाए काँचो उमेरका दीपकलाई आर्कषक काम राम्रो आम्दानीको प्रलोभनमा पारेर काठमाडौं आएका उनी जिम्मा लगाएका व्यक्तिसँगै खाजा खाएका दीपक होस खुल्दा भारतको एक अस्पतालको बेडमा थिए

भारतको गाजियाबाद अस्पतालमा केही दिन बसेपछि उनलाई केही रकम दिएर घर पठाइयो घर फर्केका दीपक त्यसपछि बिरामी भए उपचारका लागि चितवन मेडिकल कलेज पुगेका दीपकलाई चिकित्सकले मिर्गौला किन झिकेको भन्दा पो बल्ल उनले भारत लगेर आफ्नो मिर्गौला चोरिएको पत्तो पाएका थिए

महानगरीय प्रहरी अपराध महाशाखाले दीपकको घटनाको अनुसन्धान क्रममा पक्राउ परेका तीनजनाको बयानले नेपालका ठूला सहर ग्रामीण क्षेत्रमा मिर्गौला तस्कर सक्रिय रहेको खुलेको महाशाखाले पक्राउ गरेका प्रकाश बस्नेत, भिमप्रसाद न्यौपाने विकास भन्ने बिनुबहादुर तिमल्सिना तथा फरार अन्य दुईले दीपकलाई जस्तै झुक्याएर पाँचजनालाई भारत पुराई मिर्गौला झिकेको खुलिसकेको थियो

११ बर्ष अघिको कथा

२०६४ माघ २४ गते चितवनको होटल वाइड लाइफ क्याम्पबाट पक्राउ परेका कुख्यात मिर्गौला तस्कर भारतीय नागरिक अमितकुमार रावतले विपन्न सोझा नेपालीलाई भारत पुराई मिर्गौला झिक्ने गरेका थिए

भारतले इन्टरपोलको रेड कर्नर नोटिसमा राखेका अमितकुमारलाई सोही वर्ष माघ २६ गते महानगरीय प्रहरीले पक्राउ गरी भारतको जिम्मा लगाएको थियो नेपालमा समेत अपराधमा संलग्न रहेका अमितकुमारलाई भारतको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) को दबाबमा भारत प्रहरीको जिम्मा लगाएपछि अनुसन्धान टुंगोमा पुग्न सकेन

अपराध महाशाखाले पक्राउ गरेका तीनजना पीडितको बयानले अमितकुमारको कर्तुतको सम्झना गराएको महाशाखाका अनुसार पीडितले आफूलाई हरियाणाकै विभिन्न निजी अस्पतालमा लगेको बयान दिएका छन्

अहिलेसम्म मिर्गौला तस्करी काण्डमा पक्राउ परेकाहरुको बयानले भारतीय निजी अस्पतालहरूले यस्ता तस्करलाई खटाएको हुन्छ भारतमा मिर्गौलापीडित धनाड्य परिवार करोडौं रकम तिर्न तयार हुने भएकाले अस्पतालले मिर्गौलाको व्यापारका लागि गरिब देश ग्रामिण बस्तीमा भारतीय तस्करलाई खटाउने गरेको