रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार ५, २०७५

चितवन –  तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका कारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद सुरु भएको छ। हेटौंडामा जिल्ला सभापतिहरुको भेला सुरु हुन पूर्व चितवन पुगेका सभापति शेरबहादुर देउवाले मंसिर सम्पन्न निर्वाचनमा चितवनका कांग्रेस कार्यकर्ताले प्रचण्डलाई भोट दिएको भन्दै आक्रोश पोखे।

सोमबार नेपाल दलित संघले गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गर्दा आफ्नो आलोचना गर्नेहरुले नै पछि प्रचण्डलाई भोट दिएको गुनासो गरे। ‘मैले रेनुलाई पो भोट देउ भनेको थिएँ प्रचण्डलाई देउ भनेको थिए र ? किन जिताएको’ देउवाले कार्यकर्तालाई प्रश्न गरे ।

स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसले तत्कालिन माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो । त्यतिबेला रेणुका लागि मत माग्दा आफूलाई कालो झण्डा देखाउने र पुत्ला जलाउनेहरुले संघीय संसदको निर्वाचनमा प्रचण्डलाई भोट दिएको भन्दै उनले भन्दै देउवाले आक्रोश व्यक्त गरे।

तर संघीय संसदको चुनावमा कांग्रेसले समर्थन गरेको उम्मेदवार राप्रपाका विक्रम पाण्डेलाई भोट नदिई कार्यकर्ताले वाम गठबन्धनका उम्मेदवार प्रचण्डलाएई मत दिएको देउवाको आरोप थियो ।